२०८३ भाद्र ११ गते बिहिवार

स्पेनिस ला लिगामा बार्सिलोना विजयी

काठमाण्डौं, २ भदौ ।  स्पेनिस ला लिगामा बार्सिलोनाले विजयी शुरुवात गरेको छ । गएराति भ्यालेन्सियासँग भएको पहिलो खेलमा बार्सिलोना २–१ ले विजयी भएको हो । खेलको ४४ औँ मिनेटमा एक गोलले पछि परेको बार्सिलोनाले पुनरागमन गर्दै दुई गोल गरेको थियो ।

घरेलु टोली भ्यालेन्सियाका लागि ह्यूगो डुरोले गोल गर्नुभयो । बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले खेलको पहिलो हाफको इन्जुरी समय र दोस्रो हाफको ४९ औँ मिनेटमा गोल गर्नुभयो । दोस्रो गोल उहाँले पेनाल्टीमा गर्नुभएको थियो । जीतसँगै बार्सिलोनाको तीन अङ्क भएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया