२०८३ भाद्र २५ गते बिहिवार

सडक अवरुद्ध हुदा मालबाहक ट्रक ३२ दिनपछी गन्तव्यमा पुगे

हुम्ला, १८ श्रावन ।  निरन्तरको वर्षापछि अवरुद्ध भएको कर्णाली करिडोरको हुम्ला सडकखण्ड सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै नेपालगञ्जबाट छुटेका मालबाहक ट्रक ३२ दिनपछि खार्पु पुगेका छन् । विभिन्न स्थानमा अवरुद्ध भएका सडक चालक र सहचालक मिलेर मर्मत गरेको जनाइएको छ । सवारी चालक टोपेन्द्र महतले लेप्चे नजिक अवरुद्ध सडक नेपाली सेनाले खुलाए पनि बाँकी स्थानमा भने आफूहरुले नै काम गरेको बताउनुभयो ।

नेपालगञ्जदेखि खार्पु पुगेका २२ वटा मालबाहक ट्रकमा दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामान ढुवानी गरिएको थियो । सडक अवरुद्ध हुँदा एक महिना यता सिमकोटमा ग्यास, मैदा, तेललगायत सामग्रीको मूल्यमा वृद्धि भएको थियो । राष्ट्रिय सडक सञ्जालसँग खार्पुनाथ गाउँपालिकाको खार्पुदोभान जोडिएको छ । त्यहाँसम्म नेपालगञ्ज र सुर्खेतदेखि विभिन्न मालबाहक ट्रक र यात्रु बोकेका गाडी सञ्चालन हुँदै आएका छन् ।।

प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।