२०८३ भाद्र ११ गते बिहिवार

पेरिस ओलम्पिकमा चीन शीर्ष स्थानमा

काठमाण्डौं, १६ श्रावन ।  पेरिस ओलम्पिकको पदक तालिकामा आठ वटा स्वर्णसहित चीन शीर्ष स्थानमा रहेको छ । पछिल्लो विवरणअनुसार चीनले आठ स्वर्ण, ६ रजत र दुई कास्य गरी १६ वटा पदक जितेको छ । यस्तै जापान पदक तालिकाको दोस्रो स्थानमा छ । जापानले सात स्वर्ण, दुई रजत र चार कास्य गरी १३ वटा पदक जितेको छ । यस्तै ६ स्वर्ण, नौ रजत र पाँच कास्य गरी २० पदकसहित फ्रान्स तेस्रो स्थानमा छ । पदक तालिकमा अहिलेसम्म बेलायत र अस्ट्रेलियाले समान ६ स्वर्ण जितेका छन् ।

यस्तै दक्षिण कोरियाले पाँच, अमेरिकाले चार, इटालीले तीन पदक जितेका छन् । यस्तै क्यानडा, जर्मनी, हङकङले समान दुई तथा नेदरल्यान्ड्स, न्युजिल्यान्ड, काजकिस्तान, दक्षिण अफ्रिका, बेल्जियम, आयरल्यान्ड, अजरबैजान, रोमानिया, स्लोभेनिया, सर्बिया र उज्वेकिस्तानले समान एक स्वर्ण जितेका छन् ।।

प्रकाशित मिति : २०८१ साउन १६ गते बुधवार
प्रतिक्रिया