२०८३ भाद्र २६ गते शुक्रवार

देशभरका ९ वटा सडक अवरुद्ध, १५९ सडक एकतर्फी सञ्चालन

काठमाण्डौं, ८ श्रावन ।  बाढीपहिरो तथा अन्य कारणले देशभरका नौवटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेका छन् । एक सय ५९ सडकखण्ड एकतर्फी सञ्चालनमा छन् । सडक विभागको तथ्याङ्कअनुसार नौ वटा सडकखण्ड पूर्ण रूपमा र एक सय ५९ सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा छन् ।विभागकाअनुसार डुम्रे–बेंसीसहर–चामे, तानसेन–रिडी–कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्गको बाग्लुङ र डोटीलगायत सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् । ती सडकको विभिन्न ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ ।

पूर्व पश्चिम मुख्य राजमार्गमा भने अहिलेसम्म कुनै अवरोध छैन । राजमार्गमा नियमितरुपमा गाडि चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । यस्तै विभागले रातको समयमा बाढीपहिरोजस्ता मनसुनजन्य विपद्का कारण यात्रा असुरक्षित हुने भन्दै आवातजावत नगर्न आग्रह समेत छ । यस्तै मनसुनको यो बेलामा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।