२०८३ भाद्र १२ गते शुक्रवार

महिला भलिबलमा नेपाललाई हराउँदै किर्गिस्तान फाइनलमा

काठमाडौं, ८ श्रावन ।  माल्दिभ्समा चलिरहेको २० वर्षमुनिको काभा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ । हिजो भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

किर्गिस्तानले नेपाललाई २५–१४,२५–२२,२५–१३ ले हराउँदै फाइनलमा पुगेको छ । अर्को सेमिफाइनलमा आयोजक माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै श्रीलङ्का फाइनल पुगेको छ । उपाधिका लागि आज राति श्रीलङ्का र किर्गिस्तान खेल्दैछन् ।।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया