२०८३ भाद्र ११ गते बिहिवार

टी–२० क्रिकेटमा नेपालले पाकिस्तानसँग हार्यो

काठमाडौं, ७ श्रावन ।  महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय नौ रनको लक्ष्य पाकिस्तानले ११ ओभर ५ बलमा एक विकेट मात्रै गुमाएर पूरा गर्‍यो। पाकिस्तानकी गुल फिरोजाले ५७ रन बनाउनुभयो । पाकिस्तानको एक मात्र विकेट कविता जोशीले लिनुभयो ।

त्यसअघि दाम्बुलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनाएको थियो । नेपालका लागि कविता जोशीले अविजित ३१ रन बनाउनुभयो । सीता राना मगरले २६ र पूजा महतोले २५ रन बनाउनुभयो । यो हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन भएको छ । अब नेपालले भोलि भारतसँग खेल्नेछ ।।

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमवार
प्रतिक्रिया