एसिया कप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाडौं, ६ श्रावन ।  श्रीलङ्कामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार बेलुकी सबा ७ बजे श्रीलङ्काको डम्बुला मैदानमा सुरु हुनेछ । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा युएईलाई ६ विकेटले हराएको थियो । यसैबीच भर्खरै सकिएको खेलमा भारतले युएईलाई ७८ रनले हराएको छ ।

श्रीलङ्काको डम्बुला क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै भारतले २०२ रन बनाएको थियो । जवाफमा युएईले पुरै २० ओभर खेले पनि ७ विकेट गुमाएर एक सय २३ रन मात्रै बनाउन सक्यो । जितसँगै भारत सेमिफाईनलमा प्रवेश गरेको छ ।।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया