काठमाडौं, ४ श्रावन । २० वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । माल्दिभ्सको मालेमा चलिरहेको प्रतियोगिताको पहिलो दिन नेपालले श्रीलङ्कासँग ३–१ को सेटमा हारेको हो ।
यसअघि हिजो शुरु भएको प्रतियोगिताको पहिलो खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई ३–० ले पराजित गरेको थियो । अङ्क तालिकामा कीर्गिस्तान र श्रीलङ्काको ३–३ अङ्क भएको छ । नेपाल र माल्दिभ्सले खाता खोलेका छैनन् । नेपालले आज दोस्रो खेलमा कीर्गिस्तानसँग खेल्दैछ ।।
प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार





