काठमाण्डौ, १ श्रावन । एसीसी महिला एशिया कपका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली तेस्रो तथा अन्तिम अभ्यास खेलमा विजयी भएको छ । आज भएको खेलमा नेपालले श्रीलङ्का बोर्ड महिला विकास टोलीलाई २ रनले हराएको हो । नेपालले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का टोलीले २० ओभरमा १ सय १० रनमात्र बनाएको थियो ।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो । यसअघि नेपाली टोली पहिलो अभ्यास खेलमा ३३ रन र दोस्रो अभ्यास खेलमा ४ विकेटले पराजित भएको थियो ।।
प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार





