२०८३ भाद्र १२ गते शुक्रवार

जिम्वावेसँग भारत एक खेल अगावै विजयी

काठमाण्डौ, ३० असार ।  भारतले जिम्वावेसँगको टी–२० श्रृङखला एक खेल अगावै जितेको छ । हरारेमा हिजो भएको चौथो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले हराएर श्रृङखला ३–१ ले जितेको हो । जितका लागि एक सय ५३ रनको लक्ष्य पाएको भारतले १५ ओभर दुई बलमा कुनै पनि विकेट नगुमाई भेटाएको हो ।

भारतका खलिल अहमदले दुई तथा तुशार देशपाण्डे, वाशिंटन सुन्दर, अभिषेक शर्मा र शिवम दुबेले समान एक–एक विकेट लिनुभयो । श्रृङखलाको अन्तिम खेल आज बेलुका हुनेछ । भारत पहिलो खेलमा १३ रनले पराजित भएको थियो भने उसले दोस्रो खेल एक सय र तेस्रो खेल २३ रनले जितेको थियो ।

प्रकाशित मिति : २०८१ असार ३० गते आइतवार
प्रतिक्रिया