काठमाण्डौ, २९ असार । भारत र जिम्बावेबीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ । खेल बेलुका पौने ५ बजे जिम्बावेको हरारेमा शुरु हुनेछ । पाँच खेलको शृङ्खलामा भारत २–१ ले अघि रहेको छ । आजको खेल जितेमा शृङ्खला नै भारतले जित्नेछ ।
शृङ्खलामा आसा जोगाइराख्न जिम्बावेलाई आज जित्नैपर्ने दबाब रहेको छ । पहिलो खेल जिम्बावेले जितेको थियो भने दोस्रो र तेस्रो खेल भारतले जितेको थियो । पाँचौ तथा अन्तिम टी–२० भोलि हुने भएको छ ।।
प्रकाशित मिति : २०८१ असार २९ गते शनिवार





