तुलसीपुर, १ असार । दाङको दंगीशरण–१ मा ट्रान्समिटर जडान गरिएको छ । जनताको माग अनुसार बाँकी स्थित खड्का टोल नजिकै मोडमा ट्रान्समिटर जडान गरिएको वडाअध्यक्ष रमेश भण्डारीले जानकारी दिनुभयो । ट्रान्समिटर नहुदा सामान्य मोटर चलाउन पनि समस्या हुनुका साथै पंखासमेत नचल्ने र बत्ति पनि राम्रोसँग नबल्ने समस्या रहेको थियो ।
अब ट्रान्समिटर जडान भएसँगै आसपासका बासिन्दालाई धेरै सहज हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । लामो समयपछी ट्रान्समिटर जडान हुदा स्थानिय बासिन्दा पनि खुसी भएका छन् । यो गर्मीमा लाइन डिम हुदा पंखा र मोटर नचल्ने भएकाले गर्मीले धेरै सताउने गरेकोमा अब सहज हुने उनीहरुले बताएका छन् ।।
प्रकाशित मिति : २०८१ असार १ गते शनिवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।