तुलसीपुर,२३ जेठ । ज्ञानज्योति एजुकेसन फाउन्डेसन द्वारा सञ्चालित संस्कार पाठशाला दाङले फुटसल कोर्ट एक कार्यक्रमकाबीच उद्घाटन गरेको छ । विद्यार्थीलाई शिक्षासँगै खेलकुदमा जोड्नका लागि फाउन्डेसनले फुटसल काेर्ट निर्माण गरेको हाे । फाउन्डेसनले सञ्चालनमा ल्याएका विद्यालयमा अध्ययनरत विद्यार्थीमा फुटबल खेलकाे विकास गराउन फुटसल काेर्ट निर्माण गरेकाे ज्ञानज्योति फाउन्डेसनका सिइओ सुरेन्द्र जिसीले बताउनुभयो । फाउन्डेसनले तुलसीपुर -६ मा रहेको संस्कार पाठशालाको परिसरमा फुटसल काेर्ट निर्माण गरेकाे छ । फुटसल काेर्ट निर्माणसंगै विद्यार्थीमा फुटबल प्रतिकाे रुचि झनै बढ्ने सिइओ जिसीले बताउनुभयो ।
यसैबीच फुटसल काेर्टकाे उद्घाटन अखिल नेपाल फुटबल संघ एन्फाका टेक्निकल डाईरेक्टर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान हरि खड्काले गर्नुभएको हाे । डाइरेक्टर खड्काले विद्यालयस्तरमै खेलाडी उत्पादनका लागि फुटसल काेर्टले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादनसंगै खेलाडी उत्पादनमा ज्ञानज्योति फाउन्डेसनले खेलेकाे भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।
यस्तै दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले फुटबल खेलकाे विकासका लागि फुटसल काेर्ट स्थापना गरिनु निकै सकारात्मक पक्ष रहेको बताउनुभयो । उहाँले खेलाडी उत्पादनकाे पहिलाे आधार फुटसल नै रहेकाे बताउनुभयो । संस्कार पाठशालाका एकेडेमी कोअर्डिनेटर बलदेव पाेखरेलकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमकाे सहजीकरण दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले गर्नुभएको हाे ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।