२०८३ भाद्र १३ गते शनिवार

टी–२० विश्वकपमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाण्डौ, २३ जेठ ।  आईसीसी टी–२० विश्वकप क्रिकेटमा आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटाएको हो । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले नट आउट ५४ रन बनाउनुभयो । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले अबिनाश बोहराले समान १ विकेट लिनुभयो । यसअघि अमेरिकाको डालासमा रहेको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले १९ ओभर २ बलमा १ सय ६ रन बनाउँदा अल आउट भयो ।

नेपालका कप्तान रोहित पौडेलले सबैभन्दा धेरै ३५ रनाउनुभयो । यस्तै करण केसीले १७, गुल्सन झाले १४, अनिल साहले ११, कुशल मल्लले ९, कुशल भुर्तेलले ७, आसिफ शेखले ४ र दीपेन्द्रसिंह ऐरीले १ रन जोड्नुभयो । नेदरल्यान्ड्सका टिम प्रिङ्गेलले र लोगन भान वीकले समान ३ तथा पल भान मीकेरेन र बस दी लीडेले समान २ विकेट लिनुभयो । अब नेपालले लिग चरणको दोस्रो खेलमा जुन १२ मा श्रीलङ्कासँग, तेस्रो जुन १५ मा दक्षिण अफ्रिका र चौथो तथा अन्तिम खेलमा जुन १७ मा बङ्गलादेशसँग खेल्नेछ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।