काठमाडौं, २२ जेठ । टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । यो खेल डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा नौ बजे शुरु हुनेछ । नेपाल दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालले बङ्ग्लादेशमा भएको टी –२० विश्वकप खेलेको थियो । अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो ।
यो विश्वकपमा नेपालका कप्तान रोहित पौडेल कान्छा कप्तान हुन् । आज पहिलो खेलमा कप्तानी गर्दा उनको उमेर २१ वर्ष ९ महिना २ दिनको हुनेछ । नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङग्लादेश रहेका छन् । यो विश्वकपमा नेपाल, आयोजक अमेरिका र वेस्ट इन्डिजसहित २० देश सहभागी छन् ।।
प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।