२०८३ भाद्र २६ गते शुक्रवार

मैले कसैसँग पनि घुस मागेको छैन : प्राविधिक केसी

तुलसीपुर, २१ जेठ ।  दाङको दंगीशरण गाउँपालिकाका प्राविधिक तेजेन्द्र केसीले आफुले कसैसँग पनि घुस रकम नमागेको बताउनुभएको छ । केहीदिन अगाडी मात्रै रोजगारका प्राविधिक गणेश डाँगीले वडा नम्बर २ को प्राविधिक रहदा केसीले विभिन्न व्यक्तीहरुसँग घुस माग्ने गरेको भिडियो आफुसँग रहेको दाबीसहितको अभिव्यक्ती दिनुभएको थियो । त्यसको खण्डण गर्दै प्राविधिक केसीले घुस मागेको प्रमाणित गरेर देखाउन चुनौती दिनुभएको छ । यदी सो आरोप प्रमाणित भएको अवस्थामा आफु जस्तो सुकै सजाय पनि भोग्न तयार रहेको भन्दै प्रमाणित नभएको अवस्थामा झुटो आरोप लगाउने डाँगीमाथी कानुनी उपचार खोज्ने चेतावनी दिनुएको छ । वडाले आफुलाई काम गर्न नदिएको झोकमा गणेश डाँगीले आफुमाथी झुटा आरोप लगाएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री रोजगारका प्राविधिक डाँगीलाई गाउँपालिकाले वडा नम्बर २ को प्राविधिकका रुपमा पठाएपनि वडाले अस्विकार गरेको थियो । त्यसैको झोकमा प्राविधिक डाँगीले यसअघिका २ नम्बरका प्राविधिक केसीलाई घुस मागेर सेवाग्राहीलाई सताएका कारण त्यहाबाट सरुवा गरेको आरोप लगाउनुभएको हो । सेवाग्राहीसँग घुस मागेको भन्ने समाचार बाहिर आएपछि प्राविधिक केसीले रोजगारका प्राविधिक डाँगीसँग यसबारे बुझ्दा प्राविधिक डाँगीले घुस मागेको प्रमाण आफुसँग नरहेको र अन्य नागरिकले भनेको सुनेको भरमा भनेको जवाफ दिएको प्राविधिक केसीले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।