२०८३ भाद्र १३ गते शनिवार

टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण शुरु हुँदै

काठमाडौं, १९ जेठ ।  टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण अमेरिका र वेस्टइन्डिजमा शुरु हुँदैछ । अमेरिका र वेस्ट इन्डिजले यो विश्वकप संयुक्तरुपमा आयोजना गरेका हुन् । केही खेल अमेरिकामा र धेरैजसो खेल वेस्ट इन्डिजमा हुनेछन् । अमेरिकाले आयोजकको रुपमा पहिलो पटक विश्वकप खेल्न लागेको हो । आयोजक अमेरिका र क्यानडाबीचको उद्घाटन खेल नेपाली समयअनुसार भोलि बिहान सवा ६ बजे डालासमा शुरु हुनेछ । क्यानडाले पनि पहिलो पटक विश्वकप खेल्न लागेको हो ।

अर्को आयोजक वेस्ट इन्डिज र पपुवा न्यूगिनी (पीएनजी) भोलि बेलुका खेल्नेछन् । यसपटकको विश्वकपमा २० देश– आयोजक अमेरिका र वेस्ट इन्डिजसहित, नेपाल, भारत, अस्ट्रेलिया, पाकिस्तान, बङ्ग्लादेश, श्रीलङ्का, अफगानिस्तान, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्यान्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी छन् । नेपालले दोस्रो पटक विश्वकप क्रिकेट खेल्दैछ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।