२०८३ भाद्र १२ गते शुक्रवार

नेपालले आज क्यानडासँग पहिलो खेल खेल्दै

काठमाण्डौ, १४ जेठ ।  आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टोलीले आज क्यानडासँग पहिलो वार्मअप खेल खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल आज राति सवा नौ बजे अमेरिकाको डलासमा हुनेछ ।

क्यानडासँग खेल्नुअघि नेपालले अमेरिकाको स्थानीय क्लब ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास खेल खेलेको थियो । नेपालले यो अभ्यास खेलमा दुवै खेल जितेको थियो । अहिलेसम्म नेपाल र क्यानडाले एक टी–२० आईमा एकअर्काको सामना गरेका छन् । जसमा नेपाल विजयी भएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया