२०८३ भाद्र १२ गते शुक्रवार

सन्दीप लामिछानेलाई भिसा दिन अस्विकार

काठमाण्डौ, ९ जेठ ।  क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिका जानका लागि भिसा आवेदन दिएकोमा अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।

यही जुन २ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा शुरु हुने प्रतियोगिताका लागि नेपाली टोलीका अन्य खेलाडी अमेरिका पुगिसकेका छन् । यसअघि सन् २०१९ मा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने क्रममा पनि सन्दीपलाई शुरुमा अमेरिकी दूतावासले भिसा दिएको थिएन । तर त्यसको आलोचना भएपछि सन्दीपले पछि भिसा पाउनुभएको थियो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया