काठमाण्डौ, ३ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र गुजरात टाइटन्स खेल्दै छन् । हैदराबादमा हुने यो खेल नेपाली समयअनुसार राति पौने ८ बजेदेखी शुरु हुनेछ ।
जारी आईपीएलमा हैदराबाद १२ खेलमा १४ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । उसले यो खेल जितेमा प्लेअफमा छनोट हुनेछ । त्यसैगरी गुजरात भने आईपीएलको प्लेअफको दौडबाट यसअघि नै बाहिरिसकेको छ ।।
प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार





