२०८३ भाद्र १२ गते शुक्रवार

सन्दिप लामीछानेले सफाई पाएपछि दाङमा युवा सरकारले मनायो खुसीयाली

तुलसीपुर, ३ जेठ ।  क्रिकेटर सन्दिप लामीछानेले सफाई पाएपछि दाङमा खुसियाली मनाइएको छ । लमहीस्थित युथ अफनेसन युवा सरकारको आयोजनामा लमही बजारमा बुधबार खुसियाली र्याली गरिएको संयोजक पवन वलीले जानकारी दिनुभयो । उहाँका अनुसार लमहीको देउपुरदेखी सुरु भएको र्याली सनलाइट चोक, हाइवाइ–कोइलावास हुदै पुनः देउपुरमा आएर समापन गरिएको थियो ।

सन्दिप लामीछानेको मुद्धा लामो समयदेखी अल्झिरहेको भन्दै गत बैशाख २८ गते पनि युवा सरकारको टिमले लमहीमा लामीछानेको मुद्धा टुङ्ग्याउनुपर्ने मागसहित विरोध प्रदर्शन गरेको थियो ।  त्यसको केही दिनमै सन्दिप लामीछानेले सफाई पाएपछि हिजो बुधबार खुसीयाली मनाइएको हो ।।

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया