नेपाल र ब्रिटिश आर्मीको पहिलो खेल बराबरीमा सकियो

काठमाण्डौ, २२ बैशाख ।  इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा ब्रिटिश आर्मीसँग गोलरहित बराबरी खेलेको छ ।

एल्डरशटको मिलिटरी स्टेडियममा गएराति भएको खेल बराबरीमा सकिएको हो । दुई खेल खेल्न इङ्ल्यान्ड पुगेको नेपाली टोलीले आगामी सोमवार इङ्ल्यान्ड सी सँग खेल्नेछ ।।

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार
प्रतिक्रिया