तुलसीपुर १६ वैशाख । धादिङ किम्ताङ्ग खोलामा नेपाली सेनाद्वारा निर्मित बेलिबृज पुलको उदघाटन गरिएको छ । खनियावास गाउँपालिका र नेत्रावती दवजोङ्ग गाउँपालिकाको सिमानामा रहेको किम्ताङ्ग खोलामा बेलिबृज पुल संचालनमा आएसंगै रुवी भ्याली, गंगा जमुना, खनियावास र नेत्रावत्री दवजोङ्गका करिव ६० हजार स्थानीय लाभान्वित भएका छन् ।
नवनिर्मित बेलीबृजको लम्बाई ४२.६७ मिटर, चौडाइ ४.२ मिटर तथा अधिकतम भार वहन क्षमता ३० टन रहेको छ । पुलको उदघाटन प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारी र प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त रूपमा गर्नु भएको थियो ।
प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।