काभ्रे, १६ बैशाख । सडक स्तरोन्नतिको माग गर्दै काभ्रेको पनौती नगरपालिका–१० का वडा अध्यक्ष मोहनबहादुर भण्डारीले आइतबारदेखि आमरण अनशन सुरु गर्नुभएको छ । पनौती–खोपासी सडक चौडा गरिएको लामो समयसम्म कालोपत्रे नगरिएको र पटक–पटक गुनासो गर्दा पनि बेवास्ता गरिएको भन्दै उहाँले सडक खण्डको रोशी खोला पुल छेउमा अनसन सुरु गर्नुभएको हो ।
गत चैत २५ गते वडा कार्यालयमै पत्रकार सम्मेलन गर्दै भण्डारीले २१ दिनभित्र पनि सडक कालोपत्रे गर्न स्रोत सुनिश्चित नगरे वैशाख १६ गतेबाट आमरण अनशन बस्ने चेतावनी दिनुभएको थियो । अल्टिमेटम दिए अनुसार सडक स्तरोन्नतिका लागि पहल नभएपछि उहाँ आइतबारबाट अनशनमा बस्नुभएको हो । कुनै किसिमको तलमाथि भएको खण्डमा त्यसको जिम्मेवारी तीनै तहको सरकार र सम्बद्ध निकायले लिनुपर्ने उहाँको चेतावनी छ ।
प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।