११ हजार सेना फिलिपिन्स पुगेपछि यौन दुर्व्यवहारको चिन्ता थपियो

काठमाडौं, ९ बैशाख ।  संयुक्त सैन्य अभ्यासका लागि ११ हजार जना अमेरिकी सेना फिलिपिन्स पुगेपछि महिला हिंसा र यौन दुर्व्यवहारको चिन्ता थपिएको अधिकारकर्मीले जनाएका छन् । महिला अधिकारकर्मीका विभिन्न सङ्गठनको एक गठबन्धनले संयुक्त सैन्य अभ्यासमा भाग लिनका लागि ११ हजार जनाभन्दा बढी अमेरिकी सैनिकको उपस्थितिले ठूलो चिन्ता थपेको बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अमेरिकी सैन्य अड्डाका लागि तोकिएको क्षेत्रमा महिलाविरुद्ध हिंसा, विशेषगरी वेश्यावृत्ति र यौन दुर्व्यवहारमा वृद्धि हुन सक्ने अधिकारकर्मीले चेतावनी दिएका छन् । ११ हजार अमेरिकी र ५० हजार जना फिलिपिनी सैनिकको सहभागितामा यही अप्रिल र जुन महिनामा संयुक्त अभ्यास चल्नेछ ।।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया