नेपालले दियो यूएईलाई १ सय २० रनको लक्ष्य

काठमाण्डौ, ७ बैशाख ।  एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईलाई १ सय २० रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनाएको छ । नेपालका सन्दीप जोराले अर्धशतक बनाउनुभयो । सन्दीप ४० बलमा ५० रन बनाएर आउट शुनुभयो । यस्तै गुल्सन झाले २०, करण केसीले १७ रन बनाउदा कुशल भुर्तेल पहिलो बलमै आउट हुनुभयो ।

अन्य ५ जना ब्याटरले दोहोरो अङ्कमा रन बनाउन नसकेको बताइएको छ । यूएईका जुनैद सिद्दिकी, अली नसीर र बसिल हमीदले समान २ विकेट लिनुभयो । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा आजै ओमान र हङकङ खेल्दैछन् । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । तेस्रो स्थानको खेल भोलि र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।।

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया