पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढ्यो

काठमाण्डौ, ४ वैशाख । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढेको छ । प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढाइएको हो । हवाई इन्धनको मूल्य यथावत् रहेको छ । निगमले भारतबाट खरिद गर्ने क्रममा नै भाउ भढेको भन्दै यसअघि प्रतिलिटर ४ रुपैयाँ पेट्रोलको मूल्य पढाएको १५ दिनको अवधिमा फेरि यो मूल्य समायोजन गरेको जनाएको छ । यसअघि निगमले गत १ अप्रिलमा पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको थियो । त्यसको १५ दिन नबित्दै अहिले फेरि प्रतिलिटर थप ३ रुपैयाँका दरले मूल्य बढाएको हो ।

निगमले ढुवानी लागत खर्चका आधारमा पहिलो, दास्रो र तेस्रो तीन वर्गमा गरी भिन्दाभिन्दै मूल्य तोकेर मुलुकभर इन्धन बिक्रीवितरणको व्यवस्था मिलाउँदै आएको छ । सोही व्यवस्थाबमोजिम तेस्रो वर्गमा पर्ने काठमाडौं उपत्यका, पोखरा र दिपालयलगायतका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ प्रतिलिटर पर्नेछ ।

यसअघि काठमाडाैमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ थियो । यसैगरी, दोस्रो वर्गमा रहेको सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १ सय ७७ रुपैयाँ पर्नेछ । यसअघि सो स्थानमा प्रतिलिटर १ सय ७४ थियो । त्यसैगरी, पहिलो वर्गमा रहेको झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज र वीरगन्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ । यसअघि सो स्थानमा प्रतिलिटर १ सय ७२ रुपैयाँ ५० पैसा थियो ।
मंगलबारदेखि नै बढाइएको नयाँ मूल्यअनुसार तेस्रो वर्गमा पर्ने काठमाडौं उपत्यका, पोखरा र दीपालयलगायतका क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६१ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिलिटर १ सय ५९ रुपैयाँ थियो । यसपालि खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हेरफेर नगरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ४ गते मङ्गलवार
प्रतिक्रिया