कोरिया जान परीक्षा दिएका ४० हजार मध्य ६ हजार उत्तीर्ण 

काठमाडौं,२८ चैत । ईपीएस भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी पास भएका छन् । ७ फागुनबाट २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० जनामध्येबाट करिब साढे ६ हजार परीक्षार्थी उत्तीर्ण  भएका हुन् । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाका अनुसार उनीहरुले अब सिप परीक्षा दिनुपर्नेछ ।

‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरु कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर)मा सूचीकृत हुनेछन् । सिप परीक्षण आगामी ९ वैशाखदेखि १५ वैशाखसम्म सञ्चालन हुनेछ । पास भएका परीक्षार्थीलाई पासपोर्ट र प्रवेशपत्रसहित तोकिएकै तिमि, स्थान र समयममा उपस्थित हुन ईपीएस कोरिया शाखाले सूचित गरेको छ । उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा ३१ वैशाखदेखि १६ साउन २०८१ सम्म र तेस्रो चरणको परीक्षा २६ कात्तिकदेखि २ पुस २०८१ सम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया