चेम्बरको केन्द्रिय सदस्यमा दाङका घर्ती निर्वाचित

तुलसीपुर,२८ चैत्र । चेम्बर अफ कमर्सको केन्द्रिय सदस्यमा दाङका टोपबहादुर घर्ती निर्वाचित हुनुभएको छ । चेम्बरको मंगलबार काठमाण्डौमा सम्पन्न ७३ औ साधारणसभाबाट घर्ती निर्वाचित हुनुभएको हो ।

तुलसीपुरका प्रतिष्ठित व्यवसायी घर्ती जिम्मेवारीको हिसाबले तुलसीपुर चेम्बर अफ कमर्सको अध्यक्ष, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको सदस्य लगायत दर्जनौँ सङ्घसंस्थामा आवद्ध हुनुहुन्छ ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया