२०८३ भाद्र २६ गते शुक्रवार

तुलसीपुरमा झन्डै १६ लाख लागतमा शिव मन्दिर निर्माण

तुलसीपुर, २७ चैत ।  दाङको तुलसीपुर–३ दमारगाउँमा १६ लाख लागतमा शिव मन्दिर निर्माण गरिएको छ । सहयोगी दाताहरुको सहयोग तथा स्थानियको श्रमदान समेत गरी जम्मा १५ लाख ९६ हजार लागतमा निर्माण गरिएको शिद्धेश्वर शिव मन्दिरको आज एक कार्यक्रममा बिच प्रतिनिधिसभा सदस्य दिपक गिरीले उद्घाटन गर्नुभएको हो । मन्दिरको निर्माण कार्य सम्पन्न भएपनि संरक्षणसँगै अन्य काम भने बाँकी रहेको मन्दिर व्यवस्थापन समितिका सचिव रिता केसीले बताउनुभयो । तुलसीपुर–३ को एकता टोल भवन नजिकै निर्माण गरिएको सो मन्दिर पातुखोला छेउमा पर्ने भएकाले पनि धेरै जोखिम रहेको उहाँले बताउनुभयो ।

मन्दिर संरक्षणका लागी वरिपरीबाट पर्खालको आवश्यकता रहेको र खोलामा वाल लगाउन बाँकी रहेको उहाँले बताउनुभयो । मन्दिर निर्माणका लागी वडा कार्यालयले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको भन्दै सचिव केसीले अब मन्दिर निर्माणको कामलाई पुर्णता दिनका लागी झन्डै ७/८ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको बताउनुभयो । विभिन्न चाडपर्वहरुमा पुजा गर्नको लागी शिव मन्दिरहरु नजिमा नहुदा टाढाँ गएर भिडभाडमा घन्टौ लाइन लाग्नुपर्ने बाध्यता भएकाले आफ्नै टोलमा शिव मन्दिर निर्माण गरिएको उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।