२०८३ भाद्र २६ गते शुक्रवार

बिजौरीमा ३० लाख लागतमा डाडाँ कुलो निर्माण

तुलसीपुर, २५ चैत्र । बिजौरीदेखि बालुवा जोड्ने डाडाँ कुलाको निर्माण कार्य पुरा भएको छ । तुलसीपुर उपमहानगरपालिकाको २८ लाख र जनश्रमदान २ लाख ८२ हजार सहित ३० लाख ८२ हजार लागतमा उक्त कुलाको निर्माण कार्य पुरा भएको डाडाँ कुलो उपभोक्ता निर्माण समितिका अध्यक्ष गणेश भुषालले जानकारी दिनुभयो ।

२०८१ असार २० गते  निर्माण कार्य पुरा गर्नेगरी उपभोक्ता समितिले २०८० फागुन २० गते उपमहानगरपालिकासंग सम्झौता गरेको थियो ।  ५ सय मिटर लम्बाइ रहेको कुलाको चौडाइ १ मिटर र उचाइ ६० सेन्टिमिटर रहेको छ । डाडाँकुलाको निर्माण कार्य पुरा भएसँगै करिब ८० विघाह खेति योग्य जमिनमा सिँचाइ हुने तुलसीपुर उपमहानगरपालिका –१८ का वडा अध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।

कतिपय योजनाहरूको  निर्माण कार्य समयमै पुरा नभएको गुनासो आइरहँदा ३ महिना अगावै डाडाँ कुलो निर्माण गरेर उपभोक्ता समितिले उदाहरणीय काम गरेको भन्दै अध्यक्ष वलीले प्रशंसा समेत गर्नुभयो । उपभोक्ता समितिले चैत्र २ गतेबाट निर्माण कार्य सुर गरेको थियो ।।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।