२०८३ भाद्र २७ गते शनिवार

दाङको फुर्केसल्ली टावरः धेरै पटक सिलन्यास हुन्छ तर काम हुदैन

तुलसीपुर, ११ पौष ।  दाङ जिल्लाको दुर्गम बस्ती फुर्केसल्लीमा बर्षौ पहिले निर्माण हुने भनिएको नेपाल टेलिकमको टावर अझै बन्न सकेको छैन । दंगीशरण १ मा पर्ने फुर्केसल्लीमा झन्डै दुई/तिन बर्ष अगाडी निर्माण गर्ने भनिएको उक्त टावर स्थानिय जनप्रतिनिधिको लापरवाही र कमजोरीका कारण आजसम्म पनि बन्न नसकेको हो । नेताहरुले फुर्केसल्लीको विकासलाई चुनावी नारा र भोट माग्ने भाडोका रुपमा मात्रै प्रयोग गर्न खोज्दा विकास निर्माणको काम अहिले सम्म जहाको त्यही छ । यो भन्दा अगाडीका जनप्रतिनिधिको कार्यकालदेखी नै सिलन्यास हुन थालेको टावरको काम अझै सिलन्यास मात्रै भइरहेको छ । टावर निर्माणको काम गर्ने भनेर अहिलेसम्म ४/५ पटक सिलन्यास भइसकेपनि निर्माणको काम भने एक प्रतिशत पनि भएको छैन । पछिल्लो पटक गत बैशाखमा मात्रै असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने भन्दै टावरको सिलन्यास गरिएको थियो ।

तर, यो बिचमा कसैले चासो नदिदा टावर निर्माणको जिम्मा लिएका ठेकेदार गायव भएका थिए । त्यसको ९ महिनापछी यही पौष ९ गते ठेकेदार पुनः आएपछी दंगीशरण एकका वडाअध्यक्ष, पालिका उपाध्यक्ष र अध्यक्षसहितका स्थानिय जनप्रतिनिधिहरुले फेरी टावरको सिलन्यास गरेका छन् । तर, काम अगाडी बढ्नेको टुङ्गो भने छैन । फुर्केसल्लीबासीले बर्षौ देखी इन्टरनेटको समस्या झेल्दै आएका छन् । सोही समस्यालाई मध्यनजर गर्दै सरकारले टावर निर्माणको योजना अघि सारेपनि कामले भने गति लिन सकेको छैन । नेताहरुले टावर निर्माण हुने भन्दै आफुहरुलाई पटक–पटक झुक्याउने गरेको फुर्केसल्लीका स्थानियले बताएका छन् । अब पनि टावर निर्माणको कामले तिव्रता नपाए कडा कदम चाल्न बाध्य हुने स्थानिय अगुवा तथा समाजसेवी डिल बहादुर कक्रेलले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०८० पुष ११ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।