२०८३ भाद्र २७ गते शनिवार

तुलसीपुरको मुख्य बजार नजिकको सडक अलपत्र हुदा दुर्घटनाको जोखिम

तुलसीपुर, ७ पौष ।  दाङको तुलसीपुर बजार नजिकको सडक अलपत्र हुदा दुर्घटनाको जोखिम बढेको छ । तुलसीपुर उपमहानगरपालिका ५ मा पर्ने बजार नजिकमा रहेको सडकको काम अपपत्र हुदा दुर्घटनाको जोखिम बढेको हो । तुलसीपुरको इलाका प्रहरी कार्यालय र इलाका प्रशासन कार्यालयको बिचबाट उत्तर पश्चिम हुदै रानिजरुवा मिलन चोक जोड्ने शाखा सडक अन्र्तगत पर्ने प्रादेशिक अस्पतालको शवगृह नजिकै ओरालो नेरको सडक लामो समयदेखी नबन्दा एकदमै दुर्घटनाको जोखिम बढेको स्थानियले बताएका छन् । उक्त सडकको काम रोकिएको झन्डै एकवर्ष भएको स्थानियको भनाई छ । सडक साघुरोसँगै ओरालो र घुमाउरो समेत भएकाले पनि भिरबाट खस्ने सम्भावना रहेकाले अत्यधिक दुर्घटनाको जाखिम बढेको छ ।

सडक बनाउने क्रममा छेउतिरको भाग काटेर ठाँडो भिर बनाई त्यतिकै छाडिएको लामो समय भइसकेको स्थानिय बताउछन् । सडकदेखी झन्डै ५/७ मिटर टाँढाबाट ढुङ्गाको जाली उठाएपनि बाँकी काम नहुदा समस्या भएको हो । मोटरसाइकलसँगै अन्य सवारीसाधन र विद्यालय जाने बालबालिकाहरुले पनि सोही सडक प्रयोग गर्ने भएकाले पनि उक्त सडक एकदमै व्यस्त रहने गर्दछ । २४ सै घण्डा सडकमा आवतजावत गर्नेको भिडभाड देखिन्छ । तर, सडकको अवस्था देख्दा एकदमै डरलाग्ने गरेको पैदलयात्री तथा सवारी चालकको भनाई छ । यता तुलसीपुर उपमहानगरपालिकाले भने अब तत्कालै उक्त सडक मर्मतको काम गर्ने बताएको छ ।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।