मेचीकालीका शिक्षकलाई स्थानीय पाठ्यक्रममा आधारित सिकाई तालिम

दाङ, १७ मंसिर । घोराही उपमहानगरपालिका १५ स्थित मेचीकाली आवासिय माध्यमिक बिद्यालयका शिक्षक शिक्षिकाहरुका लागि एक दिने स्थानीय पाठ्यक्रममा आधारित अध्यापन सिप तथा बिद्यार्थी मुल्याङ्कन सिप सम्वन्धि तालिम सनिबार सम्पन्न भएको छ । मेचिकाली आावासिय माध्यमिक बिद्यालयको आयोजना तथा बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष धर्म के.सी.को अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बिद्यालयका प्रीन्सिपल चक्र रावतले शिक्षकहरुको अध्यापन सिप बढाई शैक्षिक गुणस्तर बृद्घि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।

तालिममा घोराही उपमहानगरपालिकाले तयार गरेको आधारभुत तह (कक्षा १–८) को स्थानीय बिषय हाम्रो घोराहीका बारेमा शिक्षक शिशिक्षकाहरुलाई जानकारी दिनुका साथै पाठ्पुस्तक बिना पनि पाठ्यक्रममा आधाधरित भई कसरी अध्यापन गर्ने भन्ने सिपका साथै कक्षा १–३ को १०० पुर्णाङ्गको निरन्तर मुल्याङ्गन सिप, कक्षा ४–८ को ५० पुर्णाङ्गको प्रयोगात्मक मुल्याङ्गन सिप तथा कक्षा ९–१२ को को २५ पुर्णाङ्गको प्रयोगात्मक मुल्याङ्गन सिपका बारेमा सिकाई आदान प्रदान गरिएको थियो । तालिमको प्रशिक्षकमा महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक सुदर्शन रिजाल हुनुहुन्थ्यो । तालिम समापन अवसरमा सहभागी शिक्षिका ऋचा चौधरी, शिक्षक नवरान खत्री, बिष्णु अधिकारी प्रधानाध्यापनक चक्र रावत तथा बिबिस अध्यक्ष धर्म के.सी लगायतले तालिम उपयोगी भएको भन्दै आगामी दिनमा तालिममा सिकेका कुरालाई कक्षा शिक्षणमा उपयोग गरिने प्रतिबद्घता जनाउनु भएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया