२०८३ भाद्र २६ गते शुक्रवार

तुलसीपुर उपमहानगरपालिका नजिकको सार्वजनिक शौचालय प्रयोगमा आउन सकेन

तुलसीपुर, १६ मंसिर ।  दाङको तुलसीपुर उपमहानगरपालिका नजिकै रहेको सार्वजनिक शौचालय अझै प्रयोगमा आउन सकेको छैन । तुलसीपुर उपमहानगरपालिका देखी थोरै दक्षीणतिर रहेको सार्वजनिक शौचालय प्रयोगमा नआउदा सर्वसाधारणलाई समस्या भएको छ । टाढाबाट सार्वजनिक शौचालय लेखेको देखेर शौच गर्नको लागी नजिक गएपनी ताला लगाएको देखेपछी फर्किनु परेको स्थानिय कमल बिकले बताउनुभयो । लामो समयदेखी सार्वजनिक शौचालय प्रयोगमा नआउदा सर्वसाधारणलाई धेरै सास्ती भएको उहाको भनाई छ । बिच बजारमा रहेको उक्त शौचालय प्रयोगमा आएपछी टाढाँबाट तुलसीपुर बजारमा आउने सर्वसाधारण नागरिकलाई धेरै सहज हुने उहाले बताउनुभयो । नगरपालिकाले तत्काल यसको व्यवस्थापन गरी सञ्चालनमा ल्याउनुपर्ने स्थानियको माग छ ।

कतिपय ठाउँमा सार्वजनिक शौचालय नबनाउदा समस्या भइरहेको अवस्थामा यता तुलसीपुरमा भने निर्माण भएको शौचालय पनी प्रयोगमा ल्याउन नसक्नु लज्जास्पद रहेको सर्वसाधारणको भनाई छ । यता तुलसीपुर उपमहानगरपालिका सरसफाई व्यवस्थापन शाखा प्रमुख माधप पौडेलले नगरपालिका नजिक रहेको शौचालयको बारेमा आफुलाई जानकारी नभएको बताउनुभएको छ । शाखागत हिसावले आफुले हेर्नुपर्ने भएपनी अहिले सम्म उक्त शौचालयको बारेमा बुझ्न नसकिएको उहाले बताउनुभयो । के कारणले शौचालय प्रयोगमा आउन सकेको छैन्न भन्ने बारेमा बुझेर अब तत्काल प्रयोगमा ल्याउने प्रयास गर्ने उहाले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।