काठमाण्डौ, १ मंसिर । फिफा विश्वकप सन् २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको छ । गए राति अल मकतुम स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोलीसँग ४–० गोलले पराजित गरेको छ । यूएईका लागि कप्तान अली मब्खउटले २ तथा खलिफा मुबारक र फाबियो लिमाले १र१ गोल गरेका छन । यसअघि सन् १९८४ मा भएको एसिया कप छनोटमा नेपाल यूएईसँग ११–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो ।
नेपालले अब छनोटको दोस्रो खेलमा यमनसँग मङ्सिर ५ गते मङ्गलवार दशरथ रङ्गशालामा खेल्नेछ । दोस्रो चरणको छनोटको अन्तिम खेल जुन ६ तारिखमा हुनेछ । ४ टोलीमध्ये शीर्ष २ टोली एसिया कपमा छनोट हुँदै विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् । पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ गोलअन्तरले हराएर दोस्रो चरणमा स्थान बनाएको थियो ।
प्रकाशित मिति : २०८० मङ्सिर १ गते शुक्रवार