२०८३ भाद्र २७ गते शनिवार

जेष्ठ नागरिकहरुलाई एकीकृत गर्न जेष्ठ नागरिक भवन निर्माण हुँदै

तुलसीपुर २३, कात्तिक । तुलसीपुर उपमहानगरपालिका वडा नंबर १० मा रहेका जेष्ठ नागरिकहरुलाई एकीकृत गर्ने उद्देश्यले वडाको आफनै लगानीमा जेष्ठ नागरिक भवन निर्माण हुने भएको छ । वडामा रहेका जेष्ठ नागरिकहरुलाई एकै ठाउँमा एकीकृत गर्न उक्त भवन निर्माण गर्न लागिएको वडाअध्यक्ष यमराज केसीले जानकारी दिनुभयो । वडामा भवनको आवश्यकता रहेकाले जेष्ठ नागरिकहरुको मागलाई मध्यनजर गर्दै ६ लाखको लागतमा तुलसीपुर १० को चैलाहीमा भवन निर्माण हुन लागेको हो ।

उक्त भवन निर्माण भएपछि १० नंबर वडाका जेष्ठ नागरिकहरुले दिन भरी बस्ने भजनकृतन गर्ने आप्mना दुःख सुखका कुरा विसाउने थलो बनाइने छ । १० नंबर वडामा ८० वर्षदेखि माथिका २४ जना जेष्ठ नागरिकहरु रहेको वडाअध्यक्ष केसीले बताउनुभयो । भवन निर्माणका लागि प्राविधिक टोली, जेष्ठ नागरिक, जनप्रतिनिधि लगायतले अवलोकन गरेका छन् । उक्त भवन चालु आर्थिक वर्षमै सम्पन्न गर्ने गरी काम अगाडि बढाइने केसीको भनाइ छ । तुलसीपुर उपमहानरपालिकाको वडा नम्बर १, ५, ११, १२, १८ मा जेष्ठ नागरिक भवन रहेको जेष्ठ नागरिक समाज दाङका अध्यक्ष खुमानन्द अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।