तुलसीपुर, १२ कात्तिक । दाङको बिजौरी हुदैँ रोल्पाको होलेरी–दहवन जोड्ने सडक–खण्डमा पर्ने रानीवास स्थित ग्वारखोलाको अवलोकन गरिएको छ । आइतवार बिजौरी उद्योग वाणिज्य सघंको नेतृत्वमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसी, तुलसीपुर उपमहानगरपालिकाकाका प्रमुख टिकाराम खड्का, इन्जिनियर पवन योगी, तुलसीपुर १९ का वडाध्यक्ष प्रेमनाथ योगी, रोल्पाको रुण्टीगढी गाँउपालिकाका अध्यक्ष जनक पुनलगाएत विभिन्न राजनितिकदलका प्रतिनिधिहरुको टोलीले दाङ र रोल्पाको सिमानामा पर्ने रानीवास क्षेत्रको ग्वारखोलामा पुगेर अवलोकन गरेको हो । रुन्टीगढी गाँउपालिका ६ र ८ जोड्ने उक्त क्षेत्रमा पुल नबन्दा त्यहाँका स्थानीयहरुले वर्षौ देखि सास्ती खेप्दै आएका छन । उनीहरुले जोखिम मोलेरै भएपनि बा¥है महिना खोला वारपार बाध्य भएका छन् । अवलोकनमा पुगेका लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. केसीले दाङ र रोल्पाको सिमानामा रहेको ग्वारखोला ऐतिहासिक खोला भएकोले उक्त स्थानमा पुलको अत्यन्तै आवश्यकता रहेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका र रुण्टीगढी गाउँपालिका लुम्बिनी प्रदेशको कार्यक्षेत्र भित्र पर्ने भएकाले यी दुई पालिकाहरुले सो क्षेत्रलाई प्राथमितामा राखेर बिकास निमार्णमा जोड दिनुपर्ने उहाको भनाई छ । यो क्षेत्रमा कृर्षिमा बढी सम्भाव्यता रहेको भन्दै उपाध्यक्ष केसीले कृर्षि उपजको हिसावले रणनितिक सडक बनाउने र दुई जिल्लाको अर्थतन्त्रलाई मजबुत बनाउने विस्वास दिलाउनुभएको छ । उहाले तुलसीपुर र रुण्टीगढी गाँउपालिकाको नेतृत्वमा प्रदेश योजना आयोगले ग्वारखोलामा बेलिब्रिज निमार्णका लागि पुर्णरुपले पहल गर्ने र आउँदो आर्थिक वर्षका लागि पुर्ण बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले तुलसीपुरको विकास र समृद्धिका लागि बिजौरी हुदैँ होलेरी दहवन जोड्ने बाटो बाहेक अन्य विकल्प नरहेको बताउनुभयो । द्धण्द्धपछि बिजौरी बजारमा विकासले फड्को मार्न नसकेको भन्दै उहाले बिजौरी हुदैँ दहवनसम्मको सडकलाई स्त्तरोउन्नतीका लागि मेटमणी चौधरी र सिता गुरुङ् सहरीविकासमन्त्री हुदाँ इस्टेमेट पेश गरेपनि सिलिङ् पर्न नसकेको बताउनुभयो ।
त्यस्तै रुण्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले स्थानीयवासीको लागि समस्या बनेको यो बाटो केही राजनितिक पार्टीहरुका लागि चुनावी नारा मात्र बनेको तर्क गर्नुभयो । उहाले रानीवासमा पुल निमार्णका लागि धेरै प्रयास भएको र आफुहरु मन्त्रालयमै पुगेर पटक–पटक माग गरेपनि कतैबाट सुनुवाई नभएको गुनासो गर्नुभयो । उहाले रानीवासमा पुल निमार्ण गर्नका लागि ६ करोडको लागतमा डिपिआर भैसकेको भएपनि काम हुन नसकेको बताउनुभयो । यस सडकखण्डलाई बाह्रै महिना सञ्चालनका लागि रुन्टीगढी–८ र ६ को रानीवास क्षेत्रको ग्वारखोलामा पुल निर्माणका लागि प्रदेश सरकारसँग माग गरिएको र मुख्यमन्त्रीले आगामी वर्ष बजेट बिनियोजन गर्ने आश्वासन दिएको अध्यक्ष पुनले बताउनुभयो । बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपा एमाले रुण्टीगढी गाउँपालिका अध्यक्ष ओमराज बस्नेतले बिजौरी दहवन जोड्ने सडक रुण्टीगढीबासीका लागि घाँटीमा पासो लगाएर जस्तै भएको र यसबाट मुक्ती पाउन नसकेको गुनासो गर्नुभयो । ‘केन्द्रिय स्तर देखि स्थानीय स्तरसम्मका जनप्रतिनिधिहरु जो आएपनि फोटो भिडियो खिचेर लैजाने गर्नुहुन्छ तर यसको स्तरउन्नतिको लागि कुनै सरकारबाट पहल नभएर बाटो मजाक जस्तै बनेको उहाले बताउनुभयो । बिजौरी उद्योग वाणिज्य सघंका बाणिज्य उपाध्यक्ष डिल्ली बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दीपक कुमार बस्नेतले गर्नुभएको थियो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।