२०८३ भाद्र २६ गते शुक्रवार

फुर्केसल्लि टावर निर्माण : तीन महिनामा सप्पन्न गर्ने भनेपनि ७ महिना बित्दा समेत काम नै सुरु भएन

तुलसीपुर, १३ कात्तिक ।  दाङको दंगीशरण गाउँपालिका १ को फुर्केसल्लीमा निर्माण गर्ने भनिएको नेपाल टेलिकमको टावरको काम अझै सुरु हुन सकेको छैन । गत बैशाख २४ गते दुरसञ्चार कार्यालय तुलसीपुरका कर्मचारी, टावर निर्माणको जिम्मा लिएका ठेकेदार, पत्रकार र स्थानिय अगुवालगाएतको उपस्थितीमा फुर्केसल्लीको ठाँटी र लामीतराको बिच डाँडामा उक्त टावर निर्माणका लागी सर्वे अर्थात रिभन बाधेर एरिया छनौट गरिएको थियो । त्यसक्रममा तत्काल काम सुरु गर्ने बताएका ठेकेदार, टेलिकमका कर्मचारी र स्थानिय जनप्रतिनिधीहरु अहिले सम्म चुपचाप बसेका छन् । यो सँग सम्बन्धित सबै पक्षसँग बारम्बार फ्लोअप गर्दै जाने क्रममा केही समयमा नै काम सुरु हुने बताउदै आएपनि अहिले सम्म कामको कुनै सुरसार छैन । टावर बन्ने भएपछि उत्साहित भएका फुर्केसल्लीबासी अहिलेसम्म काम नै सुरु नहुदा निरास हुन थालेका छन् । बर्खायाम अगामै टावर निर्माणको काम सम्पन्न गर्ने बताएपनि अहिले कात्तिकको आधा महिनासम्म आइपुग्दा पनि टवर निर्माण गर्ने कामको कुनै अत्तोपत्तो छैन । इन्टरनेट सेवाबाट बञ्चित रहेको फुर्केसल्लीमा सामान्य फोन सम्पर्क गर्न पनि घन्टौं पैदल हिडेर अग्ला डाँडामा जानुपर्ने बाध्यता रहेको छ । स्थानिय जनप्रतिनिधि तथा नेताहरुले धेरै पहिलेबाट नै उक्त स्थानमा टावर बन्ने आस देखाएर चुनाव जित्दै आएको भएपनि अहिलेसम्म कामले पुर्णता पाउन नसक्दा त्यहाका स्थानियहरु आक्रोसित भएका छन् ।

चुनावको बेला मात्रै भोट माग्नको लागी फुर्केसल्लीमा शरण पर्न जाने जनप्रतिनिधि तथा नेताहरु चुनाव जितेपछी त्यहा फर्केर नहेर्ने गरेको स्थानियको गुनासो छ । निर्वाचनको समयमा विभिन्न नारा र आस्वासनसहित फुर्केसल्ली पुग्ने नेताहरु चुनाव सकिएपछी फर्केसल्ली भन्ने शब्दै ल्याउदैनन, मनबाटै हटाइदिन्छन् । नेताहरुका लागी चुनावको बेला मात्रै महत्वपुर्ण मानिने फर्केसल्लीका जनता त्यसपछी जंगली जनावर सरह भइदिन्छन् । यस्तो परम्परा विगत देखीनै चल्दै आएकाले अब यसलाई जरैबाट उखेलेर फाल्नुपर्ने र यसको विकल्प खोज्नुपर्ने फुर्केसल्लीका स्थानिय अगुवाहरु बताउछन् । विगत देखी नै विभिन्न जनप्रतिनिधि र नेताहरुको चुनावी नारा बन्ने गरेको फुर्केसल्ली जोड्ने सडक विस्तार, नेपाल टेलिकमको टावर निर्माण, विद्युत, खानेपानीलगाएतका थुर्पै कामहरु मध्य मुस्किलले यसवर्ष फुर्केसल्लीमा विद्युत पुगेपनी अन्य समस्या भने ज्युकात्यु रहेका छन् । स्थानिय जनप्रतिनिधि, मन्त्री तथा नेताहरु फेरिएपनी फुर्केसल्लीको मुहार भने अझै फेरिन सकेको छैन । तिन महिनामा टावर निर्माणको काम सम्पन्न गर्छौ भनेर झुट्टा आस्वासन दिएको ७ महिना बित्नै लाग्दा समेत कामको मेलोमेसो छैन । बचनबद्धता अनुसार काम हुन नसकेको भन्दै चौतर्फी आलोचना भएपछी दंगीशरण १ का वडाअध्यक्ष रमेश भण्डारीले लाजले आफै बालुवा बोकाउन सुरु गरेपनी ट्याक्टरवालालाई पैसा दिन सक्ने अवस्था नभएपछी अहिले पछाडी हट्नुभएको छ । पैसा नपाएपछी ५ टिप मात्रै बालुवा बोकेर ट्याक्टरवालाले त्यतीकै छोडेका छन् । यता उक्त टावर निर्माणको जिम्मा पाएका ठेकेदार सुक बहादुर मगरले भने अब तिहार अगाडी काम सुरु हुने दाबी गर्नुभएको छ । तिहार अगाडी नै आवश्यक सामाग्री ढुवानी गरेर काम सुरु गर्ने उहाको भनाई छ ।

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।