२०८३ भाद्र २७ गते शनिवार

दुईवटा जेसिभि मार्फत दंगीशरणको फुर्केसल्ली जोड्ने सडक मर्मत गरिदै

तुलसीपुर, ३ कात्तिक ।  पश्चिम दाङको फुर्केसल्ली जोड्ने सडक मर्मतको काम सुरु भएको छ । बर्षातका कारण विगत केही महिनादेखी अवरुद्ध रहेको दंगीशरण गाउँपालिका १ को बाकी हुदै फुर्केसल्ली जाने सडक मर्मतको काम सुरु गरिएको दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले जानकारी दिनुभएको छ । आज शुक्रबार बिहानबाट दुईवटा जेसिभि लगाएर बाटो मर्मत गर्न भनेको अध्यक्ष गिरीले बताउनुभयो । बर्खा सुरु भएसँगै खोलामा परिणत भएको उक्त सडक मर्मत हुनथालेपछी आवतजावतमा सहज हुने अपेक्ष लिइएको छ ।

मोटरकबाटो खोलेदेखी नै बर्खाको समयमा आवतजावत ठप्प हुने उक्त सडक यसपाली पनि असार लाग्दै गर्दा अवरुद्ध भएको थियो । विगतका बर्षहरुमा बर्खा सकिए सँगै मर्मत हुने गरेपनि यसपाली भने पानिले फेरी बिगार्ने डरले ढिलो गरी सुरु गरिएको हो । बाटो अवरुद्ध हुदा दैनिक उपभोग्य सामान देखी अन्य आवश्यक सरसामाग्री ढुवानीमा समेत समस्या हुने गरेको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।