तुलसीपुर, १ कार्तिक। राष्ट्रिय वाणिज्य बैंक शाखा तुलसीपुरले यस वर्षको बडा दशै तथा शुभ दिपावलीको अवसरमा नयाँ तथा सुकिलो नोट वितरण गर्ने भएको छ । बैंकले सर्वसाधारण नागरिकका लागी आजबाट नयाँ नोट दुई सय पचास सेट वितरण गर्ने तयारी गरेको छ । बैंकको अनुसार पाँच रुपैयाँ देखी एक सय सम्मका नयाँ नोट वितरण गर्न लगाीएको छ ।नयाँ नोटको एक सेटमा अठार हजार पाँच सय रुपैयाँ हुनेछ ।
बैंकले नयाँ नोट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म वितरण गर्ने जनाएको छ ।नयाँ नोट साट्नका लागी सेवाग्राहीले वाणिज्य बैंकमा भएको चेक लिएर आउन बैंकले अनुरोध गरेको छ । यस वर्ष चेक मार्फत नयाँ नोट सटही हुने बैंकले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार