तुलसीपुर, २८ असोज । पश्चिम दाङको दुर्गम बस्ती फुर्केसल्ली जोड्ने सडक मर्मत नहुदा स्थानियलाई आवतजावत गर्न समस्या भएको छ । बर्षातका कारण विगत केही महिनादेखी अवरुद्ध रहेको दंगीशरण गाउँपालिका १ को बाकी हुदै फुर्केसल्ली जाने सडक मर्मत नहुदा धेरै समस्या भएको स्थानियले गुनासो गरेका छन् । बर्खा सुरु भएसँगै खोलामा परिणत भएको उक्त सडक मर्मत हुने आसमा रहेका फुर्केसल्लीबासी अझै मर्मत नहुदा निरास भएका छन् । मोटरकबाटो खोलेदेखी नै बर्खाको समयमा आवतजावत ठप्प हुने उक्त सडक यसपाली पनि असार लाग्दै गर्दा अवरुद्ध भएको थियो । विगतका बर्षहरुमा बर्खा सकिए सँगै मर्मत हुने सो सडक यसपानि भने असोजको अन्तिम सम्म आइपुग्दा समेत मर्मत हुन सकेको छैन ।
यसले गर्दा दैनिक उपभोग्य सामान देखी अन्य आवश्यक सरसामाग्री ढुवानीमा समेत समस्या हुने गरेको फुर्केसल्लीबासीको भनाई छ । बाटो मर्मतका लागी स्थानिय जनप्रतिनिधिहरुलाई पटकपटक आग्रह गरेपनि कुनै सुनुवाई नभएको उनीहरुको भनाई छ । अब नेपालीहरुको महान चाडपर्वहरु दशैं तिहार नजिकिदै गरेकाले पनि फुर्केसल्लीमा जन्मघर र माइतीघर भएकाहरु टिका थाप्नको लागी धेरै नै आवतजावत गर्नुपर्ने हुन्छ । तर, सडकको अवस्था यस्तो हरिबिजोक भएकाले त्यहा कसरी जाने ? भन्ने अवस्था सृजना भएको छ । छिटो भन्दा छिटो उक्त सडक मर्मत गर्नुपर्ने स्थानियको माग छ । यता दंगीशरण १ का वडाअध्यक्ष रमेश भण्डारीसँग यस विषयमा बुझ्न खोज्दा उहाले फोन उठाउनु भएन ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।