२०८३ भाद्र २७ गते शनिवार

बर्षातका कारण अवरुद्ध रहेको तुलसीपुरको कल्ले जोड्ने सडक मर्मत

तुलसीपुर, १३ असोज ।  दाङको तुलसीपुर उपमहानगरपालिका ३ मा पर्ने पैयाँखोरे सातबास हुदै कल्ले जोड्ने सडक मर्मतको काम सम्पन्न भएको छ । तुलसीपुरको दुर्गम बस्तीका रुपमा चिनिने कल्लेमा गतवर्ष मात्रै मोटरबाटो पुगेको थियो । पैयाँखोरे देखी सातबास सम्म पहिले देखी नै मोटरबाटो सञ्चालन हुदै आएको भएपनी सातबास देखी कल्ले सम्मको नया ट्रयाक भने गत वर्ष २०७९ साल असारमा मात्रै खोलिएको थियो । त्यसपछी कात्तीकमा उक्त मोटरबाटो उद्घाटन भएसँगै डबलक्याप जिप सञ्चालनमा आएपछी कल्लेका नागरिकलाई तुलसीपुर बजार आवतजावत गर्न र आवश्यक सरसामाग्री ढुवानी गर्न सहज भएको थियो । ९/१० महिना सम्म निरन्तर रुपमा सवारीसाधन सञ्चान भएको उक्त सडक असारमा आएको बर्षात सँगैको पहिरोका कारण अवरुद्ध हुदा अहिले सम्म सवारीसाधन आवागमन ठप्प भएको थियो ।

  स्थानियले अहिले बर्षा कम हुदै गएपनी सडक मर्मत नगरिएको भन्दै गुनासो गरिरहेका बेला जनताको समस्यालाई मध्यनजर गर्दै सडक मर्मत गरिएको तुलसपुर ३ का वडा सदस्य कर्ण बहादुर बुढाले जानकारी दिनुभयो । अब सडकमा झरेको पहिरो पन्छाएसँगै उक्त सडकमा सवारीसाधन सञ्चालनमा आउने वडा सदस्य बुढाको भनाई छ । बर्षौ देखी समस्या झल्दै आएका कल्लेबासीले गत बर्षदेखी केही सहज महसुस गरेपनी बाटो अवरुद्ध हुदा केही महिना देखी फेरी सास्ती खेप्दै आएकोमा अहिले सडक मर्मत भएसँगै खुसी भएका छन् ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।