२०८३ भाद्र २४ गते बुधवार

टेलिकमको टिकटक चयालेन्जमा प्रथम हुनेलाई ४० हजार पुरस्कार

तुलसीपुर, २५ भदौ । नेपाल टेलिकमले ‘नेपाल टेलिकमतीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालनगरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्तच्यालेन्जमा सहभागीहुन सकिने छ । नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागीहुन सकिने छ । सो च्यालेन्जमा भदौ २४ गतेदेखि आगामी असोज ७ गते सम्म सहभागीहुन सकिने छ ।

विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्थागरिएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् । त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई रु. ५०० को टप अपप्रदानगरिने छ ।

नेपालीमहिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँगजोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालनगरिएको हो । यसबाट तीजपर्व थपमनोरञ्जकबन्ने कम्पनीको अपेक्षा रहेको प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।