तुलसीपुर, १६ भदौ । दाङको शान्तिनगर गाउँपालिका ३ को बस्तीखोलामा पहिलो पटक बिजुली पुगेको छ । भौगोलिक विकटताले विकास हुन नसकेको उक्त स्थानका नागरिकले थोरै भएपनी विकासको अनुभुती गर्न पाएका छन । लामो मसयदेखी उज्यालोको लागी टुकी र सोलारको भर पर्नुपर्ने बस्तीखोलाबासीले विजुली पाएपछी खुसि भएका छन । यो सँगै अब टुकीको सहारामा बस्नुपर्ने त्यहाका स्थानियको बाध्यता अन्त्य भएको छ । यता शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले वर्षौ देखीको लामो प्रयास पछी बस्तीखोलामा विजुली पुर्याउन सफल भएको बताउनुभयो ।
आर्थिक वर्ष २०७६/०७७ देखी विद्युत विस्तारको कामअघि बढेपनी काम पुरा हुन नसकेकाले पछिल्लो एकवर्षको अवधिमा कामले तिव्रता पाउँदा बस्तीखोलामा पनी विद्युत विस्तार गर्न सफल भएको उहाले बताउनुभयो । अब वडा नम्बर १ को बाघखोर, काला पोखरा र सालघारी बाहेक सबै स्थानमा विद्युत पुगीसकेको उहाको भनाई छ । अब विद्युत नपुगेको ठाउँहरुमा पनी काम भइरहेकाले ती स्थानमा पनी छिट्टै विजुली पुर्याउने उहाले बताउनुभएको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।