शान्तिनगरको घुसुरामा अवरुद्ध भएको सडक मर्मत पछी सुचारु

तुलसपुर, ३ भदौ ।  दामोदर सडकखण्ड अन्र्तगत शान्तिनगर गाउँपालिका ७ को घुसुरामा अवरुद्ध भएको सडक मर्मत गरिएको छ । यही शुक्रबार गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको नेतृत्वमा सडक मर्मत गरिएको हो । वर्षा सँगै आएको बाढीले घुसुरा स्थित झिमटवा खोलाको ह्यामपाइप बगाएपछी विगत केही दिन देखी सडक अवरुद्ध भएको थियो । उक्त सडक पालिका मातहतमा नभएर प्रदेश सरकार मातहतमा रहेको भएपनी सडक अवरुद्ध हुदा खोला वारपार गर्न समस्या भएपछी पालिका अध्यक्ष बस्नेत फिल्डमै खटेर उक्त सडक मर्मत गरिएको हो ।

पहिले

प्रदेश सरकार मार्फत बजेट परीसकेकाले काम नहुदा सम्म आवतजावत सहज बनाउनका लागी खोलामा ह्यामपाइप राखेर बाटो सुचारु गरिएको पालिकाले जनाएको छ । अहिले उक्त सडकमा आवतजावत गर्न सहज भएको स्थानियले बताएका छन ।

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया