सीडीएमए फिक्स्ड फोन प्रयोग कर्ताहरुलाई टेलिकमको आकर्षक अफर

तुलसीपुर, ३१ साउन । दूरसञ्चारको क्षेत्रमा भएका वाइम्याक्स, सीडीएमए लगायत वायरलेस सेवाका विभिन्न प्रविधिहरु सबै जीएसएम अन्तर्गतको एलटीई प्रविधिमा एकीकृत हुँदै आएका छन् । यस कारण विश्वव्यापी रुपमै सीडीएमए सेवाका प्रयोगकर्ताहरु घट्दै गएका र यो क्रम नेपालको दूरसञ्चार बजारमा समेत देखिएको छ ।

प्रविधिको विकास क्रम अनुसार विश्वव्यापी रुपमा फोरजी÷एलटीईको प्रयोग बढ्दै गएको र सीडीएमए प्रविधिको थप अनुसन्धान र विकास नभई उपकरण उत्पादनमा समेत कमीआइरहेको अवस्था छ । नेपाल टेलिकमले प्रदान गरेको सीडीएमए सेवाका ग्राहकहरु समेत फोरजी÷एलटीईमा आकर्षित हुँदै गएका र कम्पनीले पनि त्यसै अनुसार कभरेज र सेवा समेत विस्तार गरिरहेको छ । पछिल्लो समयमा कम्पनीले सीडीएमए सेवालाई बन्द गर्ने र ती ग्राहकलाई जीएसएममा रुपान्तरण हुँदाआकर्षक प्याकेज उपलब्ध गराउने व्यवस्थागर्दै आएको छ ।

यसै सन्दर्भमानेपाल टेलिकमले सीडीएमए फिक्स्ड फोन प्रयोगकर्ताहरुलाई फोरजी÷एलटीई नेटवर्कमा स्थानान्तरण गर्नकालागि आकर्षक प्याकेज उपलब्ध गराउने भएको छ । सो प्याकेज आगामी २०८० भाद्र १ देखि लागु हुनेछ ।

सीडीएमए फिक्स्ड फोन प्रयोग गरिरहेका ग्राहकहरुले नेपाल टेलिकमको नमस्ते वाईफाई प्रयोग गर्न सक्नु हुनेछ । ती ग्राहककालागि अनलिमिटेड बेसिकर अनलिमिटेड प्रिमियम मध्ये एक प्याकेज प्रयोग गर्न सकिने सुविधाका साथै अन्य थप सुविधा समेत उपलब्ध गराइने छ ।

सो सेवा प्रयोग गर्ने ग्राहकलाई अनलिमिटेड बेसिक अन्तर्गत दैनिक रुपमा ५ एमबीपीएस गति सम्मको १० जीबी डाटा उपलब्ध हुनेछ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्ध वार्षिक अवधिका लागि रु. ५,९९९ र वार्षिक अवधिकालागि रु. १०,४९९ हुनेछ । त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिकालागि रु. ४,९९९ र वार्षिक अवधिका लागि रु. ९,४९९ हुनेछ ।

त्यसैगरी अनलिमिटेड प्रिमियम अन्तर्गत दैनिक रुपमा १० एमबीपीएस गतिसम्मको १५ जीबी डाटा उपलब्धहुनेछ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिकालागि रु. ८,९९९ र वार्षिक अवधिकालागि रु. १६,४९९ हुनेछ । त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि रु. ७,९९९ र वार्षिक अवधिकालागि रु. १५,४९९ हुनेछ ।

यी सबै प्याकेज लिने ग्राहकलाई थप रकम नलिई आवश्यक फोरजी÷एलटीई सीपीई समेत उपलब्ध गराइने छ । नयाँ जडान अन्तर्गत यसरी अर्धवार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रतिमहिना ४०० मिनेट कम्पनीको नेटवर्क भित्र (अन–नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) तथावार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना कम्पनीको नेटवर्क भित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कलगर्ने सुविधाउपलब्धहुनेछ ।

यसरी उपलब्धहुने १० जीबी वा १५ जीबी डाटा सकिएको अवस्थामाउच्च गतिको डाटा चलाउनचाहनेहरुकालागिरु. ५० मा २४ घण्टा समयावधि सम्मचलाउनमिल्ने १० जीबी डाटा एड अन प्याकको रुपमाउपलब्धहुनेछ ।

नेपाल टेलिकमले पहिले देखि नै सीडीएमए प्रिपेड वा पोस्टपेड प्रयोगकर्तालाई जीएसएम प्रिपेड वापोस्टपेडमा रुपान्तर हुँदा ‘सीडीएमए माइग्रेसन प्याकेज’उपलब्ध गराइरहेको छ । यदि सीडीएमए फिक्स्ड फोन प्रयोगकर्ताहरुले माथिको प्याकेज लिन नचाहेमा सोहीअनुसारको सीडीएमए माइग्रेसन प्याकेज लिन सकिने छ । यस अन्तर्गत प्रिपेड ग्राहकलाई मासिक रुपमा ३०० मिनेट अन–नेट भ्वाइस कल गर्न, ४ जीबी डाटा चलाउन र ३०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिना सम्म उपलब्ध हुनेछ ।

त्यसैगरी पोस्टपेड ग्राहकलाई मासिक रुपमा ४०० मिनेट अन–नेट भ्वाइस कल गर्न, ५० मिनेट अफ–नेट भ्वाइस कल गर्न, ६ जीबी डाटा चलाउन र २०० अन–नेट एसएमएस पठाउने सुविधा ६ महिना सम्म उपलब्ध हुनेछ ।

प्रविधिको विकाससँगै नयाँ प्रविधिले पुरानो प्रविधिलाई प्रतिस्थापन गर्ने विश्वव्यापी लहरलाई पछ्याउँदै कम्पनीपनि पुरानो प्रविधिलाई नयाँ प्रविधिले प्रतिस्थापन गर्दै भरपर्दो तथा उच्च गुणस्तरीय सेवा उपलब्ध गराउन कटिबद्ध रहेको छ । यस अनुसार नेपाल टेलिकमले गत २०८० असार मसान्त देखि लागु हुने गरी कम्पनीद्वारा सञ्चालित सीडीएमए सेवाबन्द गरेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिजुभयो ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया