दाङको तुलसीपुर ९ मा गत आर्थिक वर्षको बजेट खर्च ८३ प्रतिशत

तुलसीपुर, ३० श्रावन ।  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ मा गत आर्थिक वर्षमा ८३ प्रतिशत बजेट खर्च भएको पाइएको छ । वडा कार्यालयबाट गत आर्थिक वर्ष २०७९/०८० मा जम्मा १ करोड १३ लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा असार मसान्तसम्म ९४ लाख ८८ हजार ६ सय ६३ रुपैयाँ अर्थात ८३.६१ प्रतिशत रकम खर्च भएको वडासचिव यम नारायण सापकोटाले जानकारी दिनुभएको छ । गत वर्ष विनियोजन भएको बजेट अनुसार सबै काम सम्पन्न भएपनी रकम अभावका कारण केही कामको भुक्तानी भने हुन बाकी रहेको वडा सचिव सापकोटाले बताउनुभयो । वडा कार्यालयबाट गत एक वर्षमा ५ वटा सडक निर्माण गरिएको छ भने ६ वटा भवन निर्माण तथा मर्मत गरिएको छ ।

यस्तै १३ वटा अन्य कार्यक्रम सम्पन्न गरिएको वडा कार्यालयले जनाएको छ । यता तुलसीपुर ९ वडाअध्यक्ष घनश्याम ढकाल पहिले देखी नै दायीत्व सरेर आइरहेकाले पनी गत वर्षको समेत रकम अभावका कारण दायीत्व सरेको हुदा चालु आर्थिक वर्षमा भुक्तानी हुने बताउनुभएको छ । त्यसैले गर्दा अहिले झनै न्युन बजेट आएको भन्दै अब धेरै ठुला काम गर्न नसकिने बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकारबाट भने वडामा केही बजेट आएकाले अब केही समय पछी काम सुरु हुने उहाले बताउनुभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले समेत आस्वासन दिएकाले पनी प्रदेशकै भर परेर बसेको वडाअध्यक्ष ढकालको भनाई छ ।

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया