२०८३ भाद्र २७ गते शनिवार

वडाध्यक्ष सहित सयौंको सहभागितामा जनश्रमदान मार्फत बाटो मर्मत

प्युठान, २१ श्रावन ।  प्युठानको मल्लरानी गाउँपालिका ३ मा एक सय भन्दा बढि स्थानीयको सहभागीतामा जनश्रमदान गरिएको छ । पछिल्लो समय जिल्लामा सरकारी कामकाजमा जनश्रमदानलाई अनिवार्य गरिएता पनि स्थानियको सक्रियता कमि भएको भन्दै जनताको सहभागितामा जनश्रमदानलाई थालनी गरिएको हो । मल्लरानी गाउँपालिका वडा नम्बर ३ धरमपानी देखि रस्पुरकोट, गिरचौर, शिरकोट हुँदै मल्लरानी गाउँपालिका वडा नम्बर ५ को सरङकोट सम्म जोड्ने मोटरबाटो शनिवार मर्मत गरिएको छ । स्थानिय जनता संगै मल्लरानी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नोम राज पौडेल जनतालाई हौसला प्रदान गर्दै मोटरबाटो मर्मतमा सहभागि हुनुभएको हो । बर्षातले गर्दा मोटरबाटोका विभिन्न स्थानमा पहिरो गएको, भलको कारण खाल्डाखुल्डी परेको तथा बाटोको दायाँबायाँ रहेका बुट्यानहरु हटाउने काम स्थानियहरुले गरेका हुन् । बर्षातको समयमा आफ्नो बाटो आफै बनाउ भनेर सबै घरधुरी आएका छौं स्थानिय समाजसेवी ठमान सिंह रानाले भने–‘‘वडाध्यक्ष नोम राज पौडेल आउनुभयो, आफै खन्नुभयो हामीलाई हौसला प्रदान गर्नुभयो, उहाँको हातमा फोरा समेत परेका छन् उहाँ संगै काम गर्दा हामीलाई धौ नै भएन।’’ स्थानिय समाजसेवी देवराज पौडेलले हरेक बर्ष यस्तै बाटो मर्मत गर्नुपर्ने बाध्यता भएकोले नालीसहितको बाटोको स्तरउन्नतीको ब्यवस्था गाउँपालिकाले गर्नुपर्ने बताउनुभयो ।

गाउँघरमा बसेर समय खेर फाल्नुभन्दा आफ्नो गाउँ, आफै बनाउ भनेर साना तिना समस्या समाधान गरेर मर्मतको लागि छुट्टिएको पैसा अरु ठाउँमा खर्च गर्न सकिने पौडेलले बताउनुभयो । गाउँमा गाडि नआएर समस्या परेकोले ‘एक घर, एक ब्यक्ति’ आएर काम गरेका छौं । बर्षातको समयमा पनि सवारी साधन चल्न सजिलो भएको छ स्थानिय रिता ठेडीले भन्नुभयो’ ‘‘जनश्रमदान गर्दा हामी खुसी छौं, हाम्रै बाटो मर्मत भएको छ।’’ त्यस्तै स्थानियबासी सिता आचार्यले गाउँका मान्छेहरु विरामी पर्दा गाडि बोलाएर अस्पताल जानुपर्ने भएकोले जनश्रमदानमा आफुहरु जुटेको बताउनुभयो । स्थानिय संगै जनश्रमदानमा जुटेका मल्लरानी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नोम राज पौडेलले बर्षातको समयमा भलले गाउँका मोटरबाटाहरु बिग्रिएको भन्दै जनश्रमदान मार्फत मर्मत गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।