२०८३ भाद्र २७ गते शनिवार

दाङको दुर्गम बस्ती फुर्केसल्लीमा १३ लाख लागतमा स्वास्थ्य चौकी भवन निर्माण

तुलसीपुर, १६  श्रावन ।  दाङको दंगीशरण गाउँपालिका १ को फुर्केसल्लीमा झन्डै १३ लाख लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । वडा कार्यालयबाट गत आर्थिक वर्ष २०७९/०८० मा फुर्केसल्ली सामुदायीक स्वास्थ्य भवन निर्माण योजना शिर्षकमा विनियोजन भएको १३ लाख बजेटमा उपभोक्ता समिति मार्फत उक्त भवन निर्माण गरिएको हो । दाङ जिल्ला भित्रै पर्ने भएता पनी भौगोलिक हिसाबले एकदमै दुर्गम र विकास निर्माणको हिसाबले सबैको नजर भन्दा बाहिर रहेको फुर्केसल्लीमा स्वास्थ्य भवन निर्माण भएसँगै स्थानियमा केही आसा पलाएको छ । भवन निर्माण गरेर मात्रै नहुने भन्दै अब छिट्टै स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने उनीहरुको भनाई छ । अहिले एउटा सामान्य सिटामोलका लागी पनी १/२ घण्टा पैदल हिडेर गोल्टाकुरी स्वास्थ्य चौकी अथवा हेकुली स्वास्थ्य चौकीमा नै पुग्नुपर्ने बाध्यता रहेको छ । अब घर नजिकै बाट प्राथामिक स्वास्थ्य सेवा पाउने भएपछी स्थानिय पनी हर्सीत भएका छन । उक्त भवन जस्तापाताले छाएकाले र ताल पनी नभाटिएकाले गर्मीयाममा धेरै गर्मी हुने हुदा औषधीहरु बिग्रन सक्ने सम्भावना रहेको स्थानिय अगुवा बताउछन् । त्यसका लागी प्लाईको व्यवस्था गर्नुपर्ने स्थानियको भनाई छ ।

यस्तै प्राविधिकले भवनमा प्राविधिक स्टमेट अनुसार क्वान्टिटी नपुगेको भन्दै उपभोक्ता समितिलाई ब्रान्ड विस्तार गर्न आग्रह गरेको भएपनी उक्त काम नगरिएको स्थानियले बताएका छन । तर, यता भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अमर वलीले प्राविधिकले पहिले क्वान्टिटी नपुगेको भन्दै ब्रान्ड थप गर्न आग्रह गरेको भएपनी अन्तिममा भने ब्रान्ड विस्तार गर्न नपर्ने भन्दै बिल पास गरिसकेको बताउनुभएको छ । भवन निर्माणका लागी १३ लाख बजेट छुट्याइएको भएपनी १२ लाख २२ हजार मात्रै भुक्तानी पाएको उहाको भनाई छ । भवन निर्माणको काम सकिएको भएपनी सौचालय निर्माणको काम भने पुरा हुन बाकी नै छ । सौचालय निर्माणका लागी छुट्टै ३ लाख रुपैयाँ रहेको भन्दै उहाले अब यही श्राउन मसान्त सम्म सौचालय निर्माणको काम पनी सम्पन्न गरीसक्ने बताउनुभएको छ । प्राविधिकले नभने पनी सौचालय निर्माण तर्फको केही रकम बचेमा भवनको ब्रान्ड पनी थप गर्न सकिने उहाको भनाई छ । यस विषयमा थप बुझ्नका लागी उक्त काम हेर्ने जिम्मा पाएका दंगीशरण गाउँपालिकाका सव–इन्जिनियर  (प्राविधिक)  भुम प्रसाद बोहरालाई एक हप्तादेखी दैनिक रुपमा पटक–पटक फोन सम्पर्क गर्दा पनी उहाले फोन उठाउनुभएको छैन । यस्तै दंगीशरण १ का वडाअध्यक्ष रमेश भण्डारीले पनी हाम्रो फोन उठाउन छाड्नु भएको छ ।

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।